ad ad

कला


चलचित्र चिट्ठीको ‘टुटेको तारा’ सार्वजनिक (भिडिओ)

चलचित्र चिट्ठीको ‘टुटेको तारा’ सार्वजनिक (भिडिओ)

नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:३२, काठमाडौँ

चलचित्र चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ सार्वजनिक भएको छ। माधव राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा चर्चित पाश्र्व गायक शिव परियारको स्वर, डा. कृष्णहरि बरालको शब्द रचना रहेको छ।

उक्त गीतलाई सञ्चारकर्मी समेत रहेका गायक तथा संगीतकार सरोज कोईरालाले संगीत गरेका छन्। गीतलाई ओएस्आर डिजिटल च्यानलबाट सार्वजानिक गरिएको छ।

कमेडी जनारामा बनेको चलचित्र चिट्ठीको केन्द्रीय भूमिकामा संजीत भण्डारी, खड्ग बहादुर पुन मगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रवण भुषाल, श्रीदेव भट्टराई लगायतका रहेका छन भने नम्रता खरेल, रश्मी भट्ट, मोहन निरौला, शान्तिप्रिय, राजन थापा, डेविल सिंह राजपुत, प्रल्हाद खरेल, उद्धव भट्टराई, समिर लामा, पूर्ण राई, पुरुषोत्तम सानु लगायत कलाकारहरुको अभिनय रहेको छ।

चलचित्रलाई जीवन पराजुली र राजन खरेल खिचेका हुन् भने सम्पादन माधव खरेल र अच्यूत बजगाईले गरेका छन् भने, कलर संयोजक तथा भिएफ्एक्स समिर मिँया, गीतको मिक्सिङ तथा मिक्सिङ एवम् चलचित्रको ब्याकग्राउण्ड स्कोरिङ पुस्कर खत्रीले गरेका हुन्।

मनोज परियारले चलचित्रको साउण्ड मिक्सिङ गरेका हुन् भने ५.१ साउण्ड मिक्सिङ अमित श्रेष्ठ, श्रृंगार नरेश खरेल, द्धन्द निर्देशन किरण दाहालले गरेका हुन्। त्यसैगरी अमृत चापागाईको पोष्टर डिजाईन र साहिल खानको पब्लिसिटी डिजाईन रहेको छ।

चलचित्रको साहायक निर्माताको रुपमा अनिता कुँवर, समिर खान र कृष्णादेबी आचार्य रहेका छन्।

काठमाडौ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको चलचित्र चिट्ठीको पोष्ट–प्रोडक्सनको सम्पुर्ण कार्य सकाएको निर्माण कम्पनीले प्रदर्शनी मिति भने छिट्टै तोकिने बताएको छ।

एरा प्रोडक्सनको ब्यानरमा बनेको चलचित्र चिट्ठीलाई संचारकर्मी कमला जोशीले निर्माण गरेकी हुन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .