ad ad

राजनीति


कोप–२८ बारे प्रधानमन्त्रीको ब्रिफिङ– पर्वतीय मुलुकको नेता बन्यौँ, अन्य मुलुकको कान ठाडा भए

कोप–२८ बारे प्रधानमन्त्रीको ब्रिफिङ– पर्वतीय मुलुकको नेता बन्यौँ, अन्य मुलुकको कान ठाडा भए

नेपालखबर
मंसिर १८, २०८० सोमबार १५:४३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनसम्बन्धी संयुुक्त राष्ट्रसंघीय सम्मेलन कोप–२८ मा नेपालको प्रस्तुतले सहभागी सबै मुलुकको कान ठाडा भएको बताएका छन्। 

सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सम्पादकहरूको कुराकानीका क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

साथै, उनले नेपाल पर्वतीय मुलुकको नेता बनेको पनि जानकारी गराए। 

‘नेपाल पर्वतीय मुलुकको नेता बनेको छ,’ आइतबार साँझमात्रै यूएईबाट फर्किएका प्रधानमन्त्री प्रचण्डले भने, ‘कोप २८ मा नेपालको प्रस्तुतीले सबैका कान ठाडा भएका छन्।’

उनले यो सम्मेलनपछि नेपालले आर्थिक लाभ पाउने पनि दाबी गरे। ‘ठूलै उपलब्धि हुुँदैछ। ऐतिहासिक सफलता मिल्दैछ,’ उनले भने, ‘हामीले छुट्टै गोलमेच गरेपछि पनि हस्तक्षेपकारी उपस्थिति भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .