कला


समाजिक सोचमाथि कडा प्रहार, यस्तो छ तापसी अभिनित ‘थप्पड’को ट्रेलर (भिडियो)

समाजिक सोचमाथि कडा प्रहार,  यस्तो छ तापसी अभिनित ‘थप्पड’को ट्रेलर (भिडियो)

नेपालखबर
माघ १७, २०७६ शुक्रबार १२:४६,

बलिउड अभिनेत्री तापसी पन्नूले विगत दुई वर्षमा उत्कृष्ट विषयमा काम गर्ने अभिनेत्री भएको धेरै पटक प्रमाणित गरेकी छन्।

‘पिंक’, ‘बदला’,  'साँडकी आँख’ लगायतका चलचित्रमा  निर्वाह गरेकाे भूमिकाले उनको अभिनय क्षमताको परिचय दिएको छ। यिनै अभिनेत्रीको मुख्य भूमिका रहेको फिल्म ‘थप्पड’को ट्रेलर रिलिज भएको छ।

आगामी फेब्रुअरी २ बाट प्रदर्शनमा आउन लागेको ‘थप्पड’को पुरै कथा एक थप्पडको वरिपरि घुमेको छ।

चलचित्र समाजको सोचको साथ पति–पत्नीको सम्बन्धको वास्तविकता देखाइएको छ। ट्रेलरको शुरुवातमा तापसी र र पावेल गुलाटी सुखद पारिवारिक जीवनलाई देखाइएको छ। राम्रो चलिरहेको जीवनमा तब अवरोध खडा हुन्छ जब पावेलले पार्टीको समयमा सबैको अगाडि तापसीलाई थप्पड हान्छन्। तापसीले यो थप्पड सहन सक्दिनन्। उनीहरु सम्बन्धविच्छेद गर्ने निर्णयमा पुग्छन्। यसै क्रममा उनको जीवनमा संघर्ष सुरु हुन्छ। सबै व्यक्तिहरू उनीहरूलाई त्यो सामान्य थप्पड भएको भनेर सम्झाउँछन्। उसको वकिलले पनि यो भनाइ पारित गर्दछ। तर सबै चीजहरूलाई वेवास्ता गर्दै तपसी आफ्नो आत्मसम्मानलाई महत्त्व दिन्छिन् र यसको बिरूद्ध खडा हुन्छिन्।

 विगतमा उनी धेरै सशक्त महिलाको भूमिकामा देखिएकी तपसी यस फिल्ममा भने एक साधारण भारतीय महिलाको भूमिकाको रुपमा देखिएकी छन्।

यसको निर्देशन अनुभव सिन्हा गरेका छन्। फिल्ममा रत्न पाठक शाह, मानव कौल, दिया मिर्जा, तन्वी आजमी र राम कपूर पनि मुख्य भूमिकामा रहेका छन्।

हेराैँ भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .