ad ad

कला


ट्राफिक नियमबारे सन्देश समेटेको फिल्म ‘रेड अन’, यस्तो छ टिजर (भिडिओ)

ट्राफिक नियमबारे सन्देश समेटेको फिल्म ‘रेड अन’, यस्तो छ टिजर (भिडिओ)

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १७:१८, काठमाडौँ

ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश समेटेको फिल्म ‘रेड अन’को टिजर सार्वजनिक भएको छ। 

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक टिजरमा सवारी दुर्घटनाको परिवेशलाई देखाइएको छ। 

यज्ञजंग विके (आयुष बिसी) निर्देशित फिल्ममा किशोर खतिवडा, दीपक थापा, सिर्जना कार्की, खगेन्द्र नेपाल, हेमराज घर्ती, खगेन्द्र सुवेदी, कमल ज्ञवाली, आशिष ओली, वर्षा श्रेष्ठ, विक्रम घिमिरे र वीरेन्द यादवको अभिनय छ।

निर्देशक विकेले बिना सवारी चालक अनुमति पत्र सवारी चलाएको अवस्थामा दुर्घटना हुँदा कतिसम्म सास्ती भोग्नुपर्छ भन्ने कुरालाई फिल्ममा समावेश गरिएको बताए। 

खगेन्द्र सुवेदीको कथा र सिड गौतमको पटकथा रहेको सुजन विश्वकर्माको छायांकन छ। 

फिल्ममा आभाष गिरी र रमेश बंगोसाई सह–निर्माता तथा खगेन्द्र सुवेदी निर्माता छन्। फिल्मको प्रदर्शन मिति चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .