ad ad

समाज


उपसभामुख राना भन्छिन्– यो देशमा केही गर्दा पनि नहुने

उपसभामुख राना भन्छिन्– यो देशमा केही गर्दा पनि नहुने

फाइल तस्बिर


नेपालखबर
मंसिर १, २०८० शुक्रबार १७:५४, काठमाडौँ

उपसभामुख इन्दिरा रानाले नेपालमा ठूला महल बनाउन दिनु नहुने बताएकी छिन्।

हरेक मानिसले घर बनाउँदै जाँदा नेपालमा खालि जमिन खेतीका लागि बाँकी नरहने हुँदा अब ठूला महल बनाउने कार्य रोक्नुपर्ने बताएकी हुन्। 

शुक्रवार विश्व शौचालय दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दुई÷तीन जनाका लागि हरेक मानिसले घर बनाउँदै जाने हो भने भविष्यमा नेपालालाई खानका लागि खाद्यान्न अपुग हुने बताइन्। 

उनले राम्रो काम गर्दा असहयोग गर्ने परिपाटीका कारण  नेपालमा जे गरेपनि नहुने अवस्था देखिँदै गएको बताए।

‘महल बनाउनका लागि जो नक्सा पास गर्न आउँछन् नि त्यो म मेयर भए रोकिदिन्थेँ। सबैले घर बनाउँदै जाने दुई, तीन जनाका लागि भने कहाँ बच्छ, सबै जंगल फाँड्छन् । खानलाई पनि पुग्दैन जस्तो लाग्छ, विश्वको अवस्था हेर्ने हो भने। भारतले चिनी रोकिदिँदा सबै मानिस बाहिर जानुभयो। विदेशी फूललाई ब्याण्ड गर्नुभयो, बालेन्द्र शाहले। तर यता नेपालीले मालाको मूल्य नै बढाए,’ उनले भनिन्, ‘कोरोनाको बेलामा मैले खाना खुवाउँदा दरबारमार्गमा फोहोर भयो भनेर बिरोध गरे। मैले खाना खानेहरूलाई पनि बोलाएर त्यहीँ बेस्करी सफा गरेको छु। दरबार स्क्वाएरमा। पानीका कारण मोटरबाइक आउनलाई गाह्रो भयो भनेर मलाई गाली ग¥यो। केही गर्दा नहुने के यो देश, केही गर्दा नहुने। बालेश साह मेयर बनेपछि नयाँ काम सुरु गर्नुभएको थियो तर कतिपय होटलले मानेनन्।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले मेयर बनेलगत्तै काठमाडौंका शौचालय व्यवस्थापनका लागि गरेको पहलमा होटल व्यवसायीहरुले नै असहयोग गरेकोप्रति दुःख व्यक्त गरे। 

यस वर्षको विश्व शौचालय दिवसको नारा ‘परिवर्तनको गति बढाउँदै’ भन्ने रहेको छ। यस वर्ष  पनि संयुक्त राष्ट्र सङ्घको आह्वानमा १९ नोभेम्बरमा विश्वभर शौचालय दिवस मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने कार्यक्रम तय गरी कार्यान्वयन गरिरहेको छ। दिगो विकास लक्ष्यको छैठौँ लक्ष्यमा स्वच्छ खानेपानी र सरसफाइको विषय समावेश छ।

तर सन् २०३० सम्म सबैलाई स्वच्छ र सुरक्षित पानी पु¥याउने र पूर्ण रूपमा सरसफाइको अवस्थामा पु¥याउनमा प्रगति भने सुस्त गतिमा छ। राष्ट्र संघकाअनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .