आगामी फागुन २५ गतेबाट प्रदर्शन हुने फिल्म ‘रङ्गेली’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा प्रमुख भूमिकामा रहेका अभिनेता दयाहाङ राईलाई देख्न सकिन्छ। जहाँ हातमा हतियारसहित दयाहाङ ग्याङ्स्टार लुकमा देखिन्छन्।
पोस्टरमा दयाहाङलाई ‘विजय’ का नामले चिनाइएको छ। अर्जुन सुवेदीको लेखन तथा निर्देशन रहेको यस फिल्ममा दयाहाङका साथै मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको अभिनय छ।
संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको फिल्मका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। त्यस्तै, फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ।
यस फिल्मको प्रिमियर अमेरिकामा गरिनेछ। अमेरिकासहित यो फिल्म अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन्।
Shares

प्रतिक्रिया