ad ad

कला


डिसेम्बर १ मा विक्की र रणवीरबीच बक्सअफिस भिडन्त

डिसेम्बर १ मा विक्की र रणवीरबीच बक्सअफिस भिडन्त

नेपालखबर
कात्तिक २२, २०८० बुधबार १४:१२, काठमाडौँ

विक्की कौशलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘साम बहादुर’ को ट्रेलरसँगै प्रदर्शन मिति तोकिएको छ।

यस फिल्मले डिसेम्बर १ को लागि रिलिज मिति तोकेपछि रणवीर कपुरको ‘एमिमल’ सँग जुध्ने पक्का भएको हो। 

बहुप्रतिक्षित फिल्म ‘एनिमल’ रणवीर र रश्मिका मन्डाना, अनिल कपुर, बबी देओल, तृप्ति डिमरी मुख्य भूमिकामा छन्।

सन्दीप रेड्डी वांगाको निर्देशन/लेखन रहेको यो फिल्म पाँच भाषामा रिलिज हुनेछ।

‘साम बहादुर’ भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मनेक्सको जीवनीमा आधारित छ।

जो सन् १९७१ मा भएको भारत र पाकिस्तानको युद्धका बेला भारतीय सेना प्रमुख थिए। फिल्ममा मनेक्सको भूमिकामा विक्की देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .