ad ad

कला


बोर्ड आफैँ फिल्म बनाउन कस्सिएपछि चलचित्रकर्मीको आपत्ति, कसले के भने?

बोर्ड आफैँ फिल्म बनाउन कस्सिएपछि चलचित्रकर्मीको आपत्ति, कसले के भने?

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:७, काठमाडौँ

चलचित्र विकास बोर्ड आफैँले फिल्म निर्माण गर्ने निर्णय गरेपछि विरोध सुरु भएको छ। 

आफैँ फिल्म बनाउने भनेर बोर्डले ७५ लाख विनियोजन गरेपछि चलचित्रकर्मीले आपत्ति जनाएका हुन्।

बोर्डले नीति निर्माण गरेर समस्या समाधान गर्नुपर्नेमा आफैँ फिल्म बनाउन खोज्नु जायज नभएको उनीहरूको आरोप छ। 

बोर्डको निर्णयप्रति लक्ष्य गर्दै निर्देशक मनोज पण्डित लेख्छन्, ‘चलचित्रमैत्री नीति बनाएर संसद्‌बाट पारित गरि लागू गर। प्रशासनिक सहजीकरण गरिदेऊ। नयाँ र प्रयोगधर्मी सिनेकर्मीलाई उत्प्रेरण देऊ। तर, आफैँ सिनेमा बनाउन्छु भन्ने निर्णय नगर। यस्तो अव्यावहारिक निर्णय फिर्ता लिएर बोर्डको विधानलाई सम्मान गर।’

कलाकार कृष्ण मल्लले पनि यस निर्णयलाई बोर्डको नियम र सिद्धान्तविरुद्ध बताएका छन्।

‘लौ अर्को ठट्टाको खबर आयो, चलचित्र विकास बोर्ड आफैँले चलचित्र बनाउने रे! उहाँहरूलाई अनि मन्त्रीजीलाई सम्झाइदिनुपर्‍यो कसैले कि बोर्ड नियामक संस्था हो, निर्माण संस्था होइन।’

उनले फेसबुकमा लेखेका छन्, यो सीधै बोर्डको नियम र सिद्धान्तविरुद्ध छ। हो तपाईंहरूले राम्रा चलचित्रमा अनुदान दिन सक्नुहुन्छ, तर आफैँ निर्माता बन्ने काम गलत हो।’

त्यसैगरी पत्रकार धुव्र लम्सालले पनि बोर्डको निर्णयप्रति व्यंग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘सर्वोत्कृष्ट फिल्मको अवार्ड लुकाउने चलचित्र विकास बोर्डले फिल्म बनाउने रे! बोर्डमा पञ्चायती व्यवस्था लागू भयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .