ad ad

कारोबार


भायानेटको अफर : चारजनालाई रेफर गर्दा चार महिना इन्टरनेट निशुल्क

भायानेटको अफर : चारजनालाई रेफर गर्दा चार महिना इन्टरनेट निशुल्क

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:१५, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसनले आफ्नो नयाँ रोमान्चक अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!’ को घोषणा गरेको छ। यस अन्तर्गत चारजना साथी वा परिवारका सदस्यलाई रेफर गर्ने ग्राहकहरूले ४ महिनाको निःशुल्क इन्टरनेटका साथै अल्टिमा इयरबडहरू पनि निःशुल्क प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो अफर भायानेटको पहिले नै लोकप्रिय भैसकेको चाडपर्व अफर ‘चाडमा चौका’ अभियानको विस्तारको रूपमा आएको हो। ‘चाडमा चौका’ अफर अन्तर्गत भायानेटले नयाँ किफायती इन्टरनेट प्याकेजहरू प्रति महिना भ्याट बाहेक रू. ७०० र ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबडहरू तथा हिमस्टार होम एप्लिएन्सहरूमा ५० प्रतिशत छुट प्रदान गर्नेछ।

कार्तिक १६ गतेबाट शुरू भएर मङ्सिर ९ मा अन्त्य हुने यो नयाँ अफर ‘रेफर ४ फ्रेण्ड्स एण्ड विन बिग!’ मा भायानेटका ग्राहकहरूले भायानेट परिवारमा सामेल हुनका लागि चारजना साथी वा परिवारका सदस्यहरूलाई रेफर गरी निम्नलिखित विशेष फाइदाहरू प्राप्त गर्नेछन्ः

१) निःशुल्क अल्टिमा एटम १९२ वायरलेस इयरबड्स : तोकिएको समयसीमा भित्र चारजना साथीहरूलाई सफलतापूर्वक रेफर गर्ने प्रत्येक ग्राहकले एक जोड अल्टिमा एटम १९२ वायरलेस इयरबड निःशुल्क प्राप्त गर्नेछन्।

२) आफ्नो लागि चार महिनाको निःशुल्क इन्टरनेट : प्रत्येक सफल रेफरलका लागि भायानेटका ग्राहकले स्ट्यान्डर्ड रेफरल योजना अन्तर्गत १ महिनाको निस्शुल्क इन्टरनेट सेवा पाउने छन्। यस अनुसार, चारजना ग्राहकलाई रेफर गर्दा पहिले नै चार महिनाको निस्शुल्क इन्टरनेट प्राप्त हुनेछ।

३) रेफर गरिएकाको लागि एक महिनाको निःशुल्क इन्टरनेट : ग्राहकद्वारा रेफर गरिएका साथी वा परिवारजनलाई भायानेटको स्ट्यान्डर्ड रेफरल योजनाको एक भागको रूपमा अल्ट्रा–फाइ योजनाको सदस्यता लिएको खण्डमा एक महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .