ad ad

कारोबार


डिशहोमद्वारा ‘सुपरस्टार’ टार्जन गुरुङललाई पुरस्कार रकम प्रदान

डिशहोमद्वारा ‘सुपरस्टार’ टार्जन गुरुङललाई पुरस्कार रकम प्रदान

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १३:१, काठमाडौँ

‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत वेलचौतारा, शुक्ला गण्डकीका टार्जन गुरुङले जितेको पुरस्कार रकम हस्तान्तरण गरिएको छ।

एक कार्यक्रमको आयोजना गरि गुरुङलाई डिश मिडिया नेटवर्कका प्रतिनिधीले नगद रु एक लाख हस्तान्तरण गरेको हो। २०८० कार्तिक १३ गते सोमवार भएको लक्की ड्र मार्फत ओखलढुंगाका गुरुङले नगद रु एक लाख जितेका थिए।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दसैँ तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो। यस योजना अन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरुले हरेक हप्ता लक्की ड्र मार्फत नगद रु एक लाख प्राप्त गर्न, मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्नेछन्।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।  

सुपरस्टारको छनोट हरेक हप्ताको सोमबार डिशहोमको शोकेश, सरोकार टिभी, रमाइलो टिभी, डिशहोमको आधिकारीक फेसबुक पेज र ईमेज टिभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ। ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार अभियान’ आश्विन १, २०८० देखि सिमित अवधिको लागि नेपालभर लागू हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .