थलापति विजयको स्टारर दक्षिण भारतीय फिल्म ‘लियो’ ले ३०० करोड भारतीय रुपैयाँ भन्दा धेरैको व्यापार गरेको छ।
भारतीय अञ्चार माध्यमका अनुसार लियोले प्रदर्शनको १५ औं दिनमा घरेलु बक्स अफिसमा ३१४ दसशमल ९५ करोड भारु कलेक्सन गरेको हो।
बहुप्रतिक्षित फिल्म लियोले पहिलो दिननै ६५ करोड भारुको व्यापार गरेको थियो। ३०० करोड बजेटमा बनेको यस फिल्मले विश्वभरि भने ५०० करोड भारुको आकंडा पार गरिसकेको छ।
एक्सन जनरामा बनेको फिल्ममा विजयसहित सञ्जय दत्त, सूर्या र तृषा कृषनको पनि अभिनय रहेको छ। लियो सञ्जयका लागि तमिल डेब्यू फिल्म समेत हो।
लोकेश कनागराज निर्देशित यस फिल्मले समीक्षक र दर्शकबाट पनि सकरात्मक प्रतिक्रिया पाइरहेको छ। यो फिल्म तमिलसहित तेलुगु, कन्नड र हिन्दी भाषामा रिलिज भएको थियो।
429
Shares
प्रतिक्रिया