तिहार नजिकिदै जाँदा तिहार लक्षित गीत संगीत पनि सार्वजनिक हुन थालेका छन्।
यही क्रममा गायिका प्रीति रिमालको स्वर रहेको गीत ‘आँगनै भरी फुल्यो मखमली’ सार्बजनिक भएको छ। सुजन बाबु गुरुङको शब्द तथा संगीत रहेको गीतमा जीवन बडुको संगीत संयोजन छ।
गीतको भिडियोमा पनि गायिका रिमालले नै अभिनय गरेकी छन्। रिमाललाई अभिनयमा मोडल सरोज माझीले साथ दिएका छन्।
सुजन बाबु गुरुङको निर्देशन रहेको भिडियोमा तिहारको समयमा दिदीबहिनीमा दाजुभाई हुँदा र नहुँदा हुने गतिबिधि र मनोभाव देखाउन खोजिएको छ।
30
Shares

प्रतिक्रिया