केन्याले डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न पहिलो स्मार्टफोन एसेम्बलिङ प्लान्ट अनावरण गरेको छ।
सोमबार केन्याका राष्ट्रपति विलियम रुटोले स्मार्टफोन एसेम्बली प्लान्टको उद्घाटन गरेका हुन्।
प्लान्टमा केन्याली टेलिकम कम्पनीहरू सफारीकम र जामी टेलिकम तथा चिनियाँ मोबाइल उपकरण बिक्रेता शेन्जेन टेलिओन टेक्नोलोजीबीचको संयुक्त लगानी रहेको छ।
उद्घाटनका अवसरमा बोल्दै राष्ट्रपति रुटोले केन्याले वार्षिक ३० लाख स्मार्टफोन उत्पादन गर्ने बताए।
त्यस्तै, जामी टेलिकमका प्रमुख कार्यकारी अधिकृत जोशुआ चेपक्वानीले एसेम्बली प्लान्टले ३ सयदेखि ६ सयसम्म प्रत्यक्ष रोजगारी सिर्जना गर्ने बताए।
कम्पनीको स्थानीय प्रतिभा विकासलाई बढावा दिने र देशको आर्थिक वृद्धिमा योगदान पुर्याउने लक्ष्य रहेको उनी बताउँछन्।
करिब ६० प्रतिशत जनसंख्याको स्मार्टफोनमा पहुँच नभएकाले देशमा डिजिटल समावेशीकरण बढाउने प्लान्टको लक्ष्य रहेको समेत उनले बताए। –सिन्ह्वा
Shares

प्रतिक्रिया