कला


ऋचा शर्माको ‘कौसीद’ मा समावेश गीत सार्वजनिक (भिडिओ)

ऋचा शर्माको ‘कौसीद’ मा समावेश गीत सार्वजनिक (भिडिओ)

नेपालखबर
असोज १९, २०८० शुक्रबार १२:१, काठमाडौँ

नेपाली फिल्म ‘कौसीद’मा समावेश गीत सार्वजनिक भएको छ। हालै सार्वजनिक गरिएको ‘नझर्थे र आँसु’ बोलको गीत मार्मिक सुनिन्छ। 

अभिनेत्री ऋचा शर्माको मुख्य भूमिका रहेको यो फिल्म यही असोज २६ गतेबाट प्रदर्शनमा आउँदैछ।

गीतले सुख र दुःखले मिश्रीत दैनिकीको भाव बोल्छ। आफ्नो पीडा भुलेर अरुको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा गीतमा बुनिएको छ। 

उक्त गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ। शब्द लक्ष्मण बानियाँले लेखेका छन्। 

फिल्म ‘कौसीद’मा ऋचा सँगै कलाकार भोलाराज सापकोटा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भूमिकामा देखिने छन्। 

केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह–निर्माता लक्ष्मण बानियाँ हुन्।

यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad