कला


रेस्लर अस्मिता जुरेली फिचर्ड ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो)

रेस्लर अस्मिता जुरेली फिचर्ड ‘आँखामा तिमी’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ १२, २०७६ आइतबार ९:३४,

गायक राजेन्द्र बजगाईंको नयाँ गीत आँखामा तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ। डीपी खनालको शब्द र राजेन्द्रकै संगीत रहेको गीतमा उनलाई गायनमा चर्चित गायिका टिका प्रसाइले साथ दिएकी छिन्।

पर्यटकीय छेत्र मुस्ताङमा करिब माइनस १० डिग्रीमा खिचिएको उक्त भिडियोमा रेस्लर अस्मिता जुरेली र नवमोडेल रोहण रत्न बागचन्दको अभिनय रहेको भिडियोमा रक कौशलको छायांकन, राजेन्द्र बजगाईंको निर्देशन र विकास दाहालको भिडियो सम्पादन रहेको छ। गीतको भिडियोलाई राजेन्द्र बजगाईले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्।

करिब ५०० भन्दाबढी गीतहरुमा संगीत भरिसकेका गायक, संगीतकार बजगाईंको स्वर एवम संगीत रहेकाधेरै गीतहरु दर्शकको रोजाइमा परिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad