ad ad

कला


‘नाङ्गो गाउँ’मा रोमान्टिक दया र मिरुना

‘नाङ्गो गाउँ’मा रोमान्टिक दया र मिरुना

नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:६, काठमाडौँ

दयाहाङ राई र मिरुना मगर नेपाली फिल्म उद्योगमा थोरै सहकार्य गरेका तर दर्शक अत्याधिक रुचाएका जोडी कलाकार हुन्।

‘कबड्डी’ सिरिजबाट सहकार्य थालेका मिरुना र दायाको ‘जारी’ पनि रिलिज भयो। दुवै फिल्ममा उनीहरुको सहकार्यलाई दर्शकले अत्याधिक रुचाए। उनै दया र मिरुनाको तेस्रो फिल्म ‘नाङ्गो गाउँ’ भदौको २९ गतेबाट रिलिज हुँदैछ।

फिल्मको एक गीत सार्वजनिक भैरकेकको छ। टिजर र ट्रेलर पनि दर्शकले मन पराएका छन्। फिल्म निर्माण टिमले दया र मिरुनाको रोमिन्टिक भिडिओ छायांकन गरेको छ। ३ दिन लगाएर चित्लाङका रमणीय स्थानमा खिचिएको फिल्मको गीतको भिडियोमा दया र मिरुना रोमान्टिक अवतारमा प्रस्तुत हुने निर्माण टिमले जनाएको छ।

‘सुन सुन सुन्दरी’ बोलको गीत दया र मिरुनालाई रोमान्टिक रुपमा प्रस्तुत गरिएको हो। उक्त गीतमा अन्जु पन्त र एस डी योगीको स्वर, सुष्मा सिंगेदलको शब्द, सुशान्त गौतमको संगीत छ।

रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडिओमा आलोक शुक्लाको छायांकन छ। यो फिल्मको लेखन तथा निर्देशन दिपेन्द्र लामाले गरेका हुन्। निर्देशक लामाले केही दिनमै गीतको भिडिओ सार्वजनिक गर्ने बताए। हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ। फिल्मका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन्।

बनिष शाहको सम्पादन रहेको फिल्ममा दयाहाङ राई, शिशिर वाङ्देल, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, मिरुना मगर, बुद्दि तामाङ, रविन्द्र झा, विशाल पहारी, राज थापा, कमलमणि नेपाल, अंकित खड्का, पुष्कर गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .