ad ad

कारोबार


१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै, सञ्चालक अभिनेता हमाल

१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै, सञ्चालक अभिनेता हमाल

नेपालखबर
भदौ १४, २०८० बिहिबार १८:१३, काठमाडौँ

अभिनेता राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताएका छन्।

बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताए। नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताए। नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताए।

आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताए।

उनले भने, ‘सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरु बिर्सिएका छौँ। जगैदेखि उखालेर फालेका छौँ।’

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो। जसलाई दुई भागमा विभाजन गरिएको छ। १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ। जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ।

कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नेछन्। दुवैतर्फ एक/एक विजेता चयन हुनेछन्। विजेताले १० लाख भन्दा बढी नगद पाउनेछन्।

त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिष्पर्धा शुरु हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .