ad ad

कला


जुलेबीका कलाकार भन्छन्- सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

जुलेबीका कलाकार भन्छन्- सेन्सर बोर्डले यत्तिको स्वतन्त्रता दिनुपर्छ

नेपालखबर
भदौ २, २०८० शनिबार १४:५६, काठमाडौँ

नेपाली चलचित्र जुलेबीको प्रिमियर शो भएको छ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो। प्रिमियर शोपछि बोल्दै अभिनेत्री सुरक्षा पन्तले एउटा कलाकार भइसकेपछि ओपन भएकै राम्रो हुने बताइन्।

उनले गम्भीर र कन्ट्रोभर्सी एवं सेन्सेटिभ विषयवस्तु नउठाउने हो भने कलाकार र अन्य नागरिकमा फरक नहुने पनि बताइन्। 

चलचित्रमा न्युड सिन दिँदा केही डर लागेपनि सेन्सर बोर्डले यत्ति स्वतन्त्रता दिएकोमा खुशी व्यक्त गरिन्। 

त्यस्तै, फिल्म हेरिसकेपछि चलचित्रका अभिनेता सुशील सिटौलाले आफूले फिल्मका लागि बेस्ट दिएको र अझै आगामी दिनमा बेस्ट दिँदै जाने बताए। उनले अभिनेत्री उषा रजकले कलाकारिता गरेर मात्रै घरमा चुलो नबल्ने बताए। 

चलचित्रमा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी र मोनिका थापाको मुख्य भुमिका रहेको चलचित्रमा सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको छ। 

एन्थोलोजी जनरामा निर्माण भएको चलचित्रमा फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्र गणेशदेव पाण्डेले निर्देशन गरेका हुन्। विवेक खड्काको छायाङ्कन र अन्जय खड्काको सम्पादन रहेको चलचित्रका निर्माता आभा शर्मा नेपाल हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .