रोहित अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘वरिष्ठ बलराम’मा अभिनेता दयाहाङ राई भित्रिएका छन्। फिल्ममा दयाले मुख्य भूमिका निर्वाह गर्ने छन्। फिल्मका लागि अर्का स्टार कलाकारसँग पनि कुरा भैरहेको रोहितले बताएका छन्।
सुरेन्द्र पौडेलको निर्देशनमा बन्न लागेको ‘वरिष्ठ बलराम’मा खगेन्द्र लामिछाने, दिव्या रायमाझी, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारले पनि अभिनय गर्ने छन्।
दिव्या अभिनेता दीलिप रायमाझीको छोरी हुन्। उनले यही फिल्मबाट अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेकी हुन्। अहिले अमेरिकामा रहेकी दिब्या चाँडै नेपाल आउने तयारीमा छिन्।
ओम अग्रवालले रोहितसँग फिल्म निर्माणमा सहकार्य गरेका छन्। मनोज ओली र रामु न्यौपाने फिल्मका सह–निर्माता हुन्।
आगामी मंसिर १ गतेबाट छायांकनमा जाने तयारीमा रहेको फिल्म सुसन प्रजापतिले छायांकन गर्नेछन्।
निर्माता अधिकारीले यस अघि ‘गाजलु’ र ‘छ माया छपक्कै’ निर्माण गरेका थिए। दुवै फिल्म बक्स अफिसमा सफल भएका थिए। रोहित अनमोल केसीलाई लिएर अर्को फिल्म ‘फर्की फर्की’ निर्माणको तयारीमा छन्।
यो फिल्म आगामी दसैंपछि छायांकनमा जाने छ।
Shares
प्रतिक्रिया