ad ad

कला


कंगनाले करण जोहरलाई निशाना बनाउँदै भनिन् : सफलता किन्ने होइन कमाइन्छ

कंगनाले करण जोहरलाई निशाना बनाउँदै भनिन् : सफलता किन्ने होइन कमाइन्छ

नेपालखबर
साउन १५, २०८० सोमबार १४:४, काठमाडौँ

बलिउड अभिनेत्री कंगना रनोटले फेरि एकपटक करण जोहरलाई निशाना बनाएकी छिन्।

यसपटक कंगनाले सामाजिक सञ्जालमा करण जोहरसँग सम्बन्धित भिडियो पनि सेयर गरेकी छिन्। उनले सेयर गरेको भिडिओमा करण जोहरले पीआर मार्फत कुनै पनि फ्लप फिल्मलाई हिट बनाउन सक्ने बताएका छन्।

यही भिडिओमा कंगनाले भनेकी छिन्, ‘सफलता किनिँदैन, कमाइन्छ।’

उनले लेखेकी छिन्, ‘यदि तपाइँलाई आफ्नो पैसाको बलमा सफलता किन्न सकिन्छ भन्ने विश्वास छ भने सफल बन्न कडा मेहनत गर्नेहरुलाई के भन्न चाहनुहुन्छ? सफलता र प्रसिद्धिको लागि साँच्चै सक्षम व्यक्तिहरू, जसले आफ्नो लागि नाम कमाए, तर तिनीहरू सधैं तपाईं जस्तै पैसा भएका मानिसहरूको छायाँमा परे। तपाईंको लागि पैसा तिरेर किनेको सफलता तपाईको आफ्नै प्रतिभाले कमाएको सफलता भन्दा महत्वपूर्ण हुनेछ?’

कंगनाले थप लेखेकी छिन्, ‘हामीले कला र शिल्पको सम्मान गर्नुपर्छ र एकअर्काको कलालाई समर्थन गर्नुपर्छ। तब मात्र हामी यो उद्योगमा अगाडि बढ्न सक्छौं। औसत हुनुमा कुनै गल्ती छैन तर कसैको औसत प्रतिभालाई पैसाले सबैभन्दा विशेष र उत्कृष्ट भएको झूटो प्रसिद्दी दिनु अपराध हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .