काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पार्टी कार्यालय भत्काउने तयारी गरेको छ।
सरकारी मापदण्डविपरीत बनाइएको धुम्बाराहीस्थित राप्रपा केन्द्रीय कार्यालय भत्काउन महानगरको टोली आउने थाहा पाएपछि अवस्था तनावपूर्ण बनेको थियो।
महानगरले पार्टी कार्यालय भत्काउन दिएको तीन दिने अल्टिमेटम सकिएपछि सोमबार राप्रपाका सयौँ नेता तथा कार्यकर्ता धुम्बाराही जम्मा भएका थिए।
काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको निर्देशनमा मापदण्डविपरीतको उक्त भवन भत्काउन लागिएको छ।
महानगरपालिकाको टोली राप्रपा कार्यालय भत्काउन डोजरसहित पार्टी कार्यालय पुगेको थियो। तर राप्रपा कार्यकर्ताहरुले महानगरको टोलीलाई अवरोध गरेका छन्।
महानगरले राप्रपा केन्द्रीय पार्टी कार्यालय हटाउन यही शुक्रबार तीन दिनको अल्टिमेट दिएको थियो।
महानगरपालिकाको टोलीले शुक्रबार धुम्बाराहीस्थित राप्रपा कार्यालय तीन दिनभित्र खाली गर्न भनेको थियो।
काठमाडौं महानगर प्रहरी प्रमुख रानुनाथ पाण्डेले सुरक्षाको कारण देखाउँदै चार महिनादेखि भवन खाली गर्न महानगरले माइकिङ गर्दै आएको बताए।
राप्रपाले सुकै हालतमा उक्त भवन तोकिएकै मितिमा खाली गर्नुपर्ने पाण्डेले बताएका थिए।
Shares

प्रतिक्रिया