ad ad

कला


पोस्टर टाँसेपछि ‘बगान’का निर्मातालाई महानगरले तिरायो ५० हजार

पोस्टर टाँसेपछि ‘बगान’का निर्मातालाई महानगरले तिरायो ५० हजार

नेपालखबर
साउन २, २०८० मंगलबार १८:४३, काठमाडौँ

मापदण्ड मिचेर पोलमा टाँसेको भन्दै भन्दै नेपाली चलचित्र ‘बगान’का निर्मातालाई काठमाडौं महानगरपालिकाले ५० हजार जरिवाना तिराएको छ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले कार्यालयमै झिकाएर ५० हजार रुपैयाँ जरिवाना तिराएको बगानका निर्माता सुरेश वाग्लेले जानकारी दिएका छन्। 

‘पोस्टर टाँसेको देखेर हामीलाई महानगरबाट फोन आयो। उहाँहरुले कुरा गर्न आउनु भनेर बोलाउनु भयो’, वाग्लेले भने, ‘महानगरको कार्यालयमै मिडिया पनि बोलाएर हाम्रो फिल्मविरुद्ध दुष्प्रचार भयो। महानगरले हामीलाई नराम्रो व्यवहार गरेर जरिवाना पनि तिरायो।’ 

५० हजार रुपैयाँ जरिवाना बुझाएपछि वाग्लेले मेयमर बालेन्द्र शाह ‘बालेन’सँग सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका छन्। 

‘बालेनजी, हिन्दी फिल्म आदिपुरूषलाई त रोक्नु भयो, नेपालीलाई पनि सहयोग गर्नु भएन’, उनले भनेका छन्, ‘कम्तीमा अवरोध नगरिदिनुस्। बाँकी कुरा मिडियाप्रेमी महानगर प्रहरी प्रमुख राजु पाण्डेजीलाई सोध्नुस्।’

उता महानगरीय प्रहरी प्रमुख पाण्डेले बगानका निर्माता र वितरकलाई नराम्रो व्यवहार नगरेको जिकिर गरे। 

उनले कुनै पनि पोस्टरले सहर कुरुप नहोस् भनेर सचेत गराइएको बताए। आफूले कुनै मिडियाका मान्छे पनि नबोलाएको दाबी गरे। आफूले कुनै दुर्व्यवहार नगरेको पनि दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .