ad ad

कला


मोफसल यात्रामा बगान टिम

मोफसल यात्रामा बगान टिम

नेपालखबर
असार २४, २०८० आइतबार १३:२०, काठमाडौँ

असार २९ गतेबाट प्रदर्शन हुने फिल्म ‘बगान’को टिम मोफसल भ्रमणमा रहेको छ। चितवनबाट सुरु भएको भ्रमण बुटवलमा सकेर आज पोखरामा पत्रकार सम्मेलन गरिने निर्माता तथा गीतकार सुरेश वाग्लेले जानकारी दिए।

‘दर्शक र मोफसलका सञ्चारकर्मीसँग प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने उदेश्यले प्रदर्शनकै सातामा समेत मोफसल भ्रमण गरेका हौँ। हाम्रो सार्वजनिक सामग्रीलाई लिएर उहाँहरू उत्साहित हुनुहुन्छ। केही समयको अन्तरालमा पूर्ण पारिवारिक फिल्म लिएर आउंदैछौँ’ निर्माता वाग्लेले भने।

भ्रमणमा निर्माता वाग्लेसँगै  निर्देशक सरोज खनाल, अभिनेत्रीद्वय करिश्मा मानन्धर र प्रमिला कार्की छन्। डेब्यु अभिनेत्री कार्कीले मोफसल भ्रमण गर्दा भइरहेको साक्षात्कारमा फिल्म सम्बन्धी जानकारी गराइरहेको बताइन्।

‘हामीले प्रत्यक्ष रुपमै उहाँहरुको जिज्ञासा मेटाइरहेका छौँ। यो मेरो लागि पहिलो अनुभवसमेत हो’ अभिनेत्री कार्कीले भनिन्।

यस्तै, चितवनमा गरिएको पत्रकार सम्मेलन पश्चात फिल्म टिमले भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालसँग भेट गरेको थियो। एकल महिलाको संघर्षसँगै शिक्षाले ल्याउने परिवर्तनलाई देखाईएको फिल्मको बारेमा प्रमुख दाहालले जिज्ञासा राखेको निर्माता वाग्लेले बताए।

नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको ‘बगान’का निर्माता सुरेश वाग्ले हुन् भने कार्यकारी निर्माता विनोद मानन्धर हुन्। यसमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, सन्देश शाहको सम्पादन, समिर मियाँको भीएफएक्स तथा रेनिश फागोको कलर करेक्सन रहेको छ। ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिङ मुकेश शाहको रहेको छ।

हरि लम्साल र सुवास भुसालको संगीत रहेको फिल्मका गीतमा अञ्जु पन्त, सुगम पोखरेल र अस्मिता अधिकारीको स्वर रहेको छ। चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .