ad ad

ग्लोबल


दिल्लीमा ४१ वर्षयताकै भीषण वर्षा

दिल्लीमा ४१ वर्षयताकै भीषण वर्षा

भीषण वर्षाका कारण दिल्लीका सडक जलमग्न।


नेपालखबर
असार २४, २०८० आइतबार १३:२२, काठमाडौँ

दिल्ली, हिमाचल, पञ्जाबलगायत भारतका उत्तरी राज्यहरूमा भारी वर्षा भइरहेको छ।

वर्षाले दिल्लीमा ४१ वर्षयताकै रेकर्ड तोडिएको छ। सन् १९८२ यता जुलाईमा एकैदिनमा सबैभन्दा बढी १५३ मिलिमिटर वर्षा भएको दैनिक भास्करले लेखेको छ।  

यसअघि सन् १९८२ जुलाई २५ मा १६९.९ मिलिमिटर वर्षा भएको थियो। सन् २००३ मा २४ घण्टामा १३३.४ मिलिमिटर वर्षा भएको थियो। 
जम्मु कश्मीरको पुन्चमा पोसना नदी पार गर्ने क्रममा वर्षाका कारण दुई सैनिकको डुबेर मृत्यु भएको छ। यस्तै, हिमाचलमा ३, जम्मुमा २ र यूपीमा ३ जनाको चट्याङबाट मृत्यु भएको छ।

भारतीय मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा राजस्थान, मध्य प्रदेशलगायत २३ राज्यमा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएको छ। हिमाचलको लाहौल र स्पितीमा बाढी र हिमपहिरोको चेतावनी जारी गरिएको छ।

काश्मिरमा खराब मौसमका कारण अमरनाथ यात्रा तीन दिनका लागि रोकिएको थियो। तर आइतबारदेखि पुनः खुला गरिएको छ।

भारी वर्षाका कारण ६ हजार अमरनाथ यात्री रामवनमा फसेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .