दक्षिण चीन सागरमा चीनको दाबीअनुसारको नक्सा देखाएको भन्दै भियतनामले हलिउड फिल्म बार्बीमाथि प्रतिबन्ध लगाएको छ।
चीनले लगभग सबै दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्छ। जसमा भियतनाम सहित, फिलिपिन्स, मलेसिया, ब्रुनाइजस्ता मुलुकको विरोध छ।
बार्बी फिल्म २१ जुलाईमा रिलिज हुँदैछ। फिल्ममा मार्गो रोबी र रायन गोस्लिङको प्रमुख भूमिका छ।
भियतनामी अधिकारीहरुले चीनको नाइन ड्यास लाइनको आपत्तिजनक नक्साका कारण फिल्ममा प्रतिबन्ध लगाएको जनाएका छन्।
सो क्षेत्रमा चीनले आफ्नो दाबी जनाउन नक्सामा नाइन ड्यास लाइन कोर्ने गरेको छ।
यही विषयमा यसअघि अनचार्टेड र एनिमेसन फिल्म एबोमिनेबललाई पनि भियतनामले प्रतिबन्ध लगाएको थियो। एजेन्सी
75
Shares
प्रतिक्रिया