ad ad

कला


अनमोललाई लिएर ‘कृ’को सिक्वेल बनाउने तयारीमा सुरेन्द्र

अनमोललाई लिएर ‘कृ’को सिक्वेल बनाउने तयारीमा सुरेन्द्र

नेपालखबर
असार ८, २०८० शुक्रबार १३:४७, काठमाडौँ

निर्देशक सुरेन्द्र पौडेल अनमोल केसीलाई लिएर फिल्म ‘कृ रिटर्न्स’ बनाउने तयारीमा छन्। अनमोललाई शीर्ष भूमिकामा लिएर सुरेन्द्रले यो फिल्ममा लगानी पनि आफैँले गर्ने छन्। 

यो फिल्म २०७५ सालमा रिलिज भएको हिट फिल्मको सिक्वेलका रुपमा निर्माण हुने छ। तर फिल्ममा अनमोललाई खेलाउने कुरामा औपचारिक सम्झौता भइसकेको छैन। सुरेन्द्र अनमोलसँग अहिले प्रारम्भिक छलफलमा छन्। 

सुरेन्द्र अहिले ‘वरिष्ठ बलराम’ फिल्म निर्माणमा अन्तिम चरणमा छन्। यो फिल्मपछि मात्रै ‘कृ रिटर्न्स’ बनाउने उनको योजना हो। सुरेन्द्र अंग्रेजी नयाँ वर्षमा ‘वरिष्ठ बलराम’को छायांकन गर्ने तयारीमा छन्। हाल यो फिल्मको कथा लेख्न काम भइरहेको सुरेन्द्रले बताएका छन्।

यसअघि ‘कृ’मा सुवास गिरीले लगानी गरेका थिए। अनमोलले नै शीर्ष भूमिका निर्वाह गरेको फिल्मको सिक्वेल निर्माणको तयारी भने सुरेन्द्रले गरेका हुन्। अनमोलबाहेक यो फिल्ममा अरु कसलाई लिने भन्ने विषयमा भने वर्कआउट भइहेको सुरेन्द्रको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .