ad ad

कला


विवाहित महिलाबीच भएको ‘मिसेस नेसनल’को अवार्ड यादवलाई

विवाहित महिलाबीच भएको ‘मिसेस नेसनल’को अवार्ड यादवलाई

नेपालखबर
असार ४, २०८० सोमबार ११:४८, काठमाडौँ

विवाहित महिलाहरूबीच ललितपुरमा सम्पन्न सौन्दर्य प्रतियोगिता 'द मिसेस नेशनल २०२३' को ताज अनिता यादवले जितेकी छन्।

क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा ललितपुरको म्युजिक सिटी हलमा आयोजित प्रतियोगितामा ११ प्रतिस्पर्धीलाई पछाडि छोड्दै अनिता उपाधि चुम्न सफल भएकी हुन्। उनी भ्युअर्स च्वाइस अवार्ड पनि आफ्नो हातमा पार्न सफल भएकी छन्।

लभिन अन्सारीको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा दीपा थानी फस्ट रनरअपका साथ वेस्ट पर्सनालिटी र समीक्षा अग्रवाल सेकेन्ड रनरअपका साथ मस्ट ट्यालेन्टेड भएका थिए। 

विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको प्रतियोगितामा अञ्विता श्रेष्ठ मस्ट पपुलर र मस्ट डिसिप्लेन, किरण शाह मस्ट चार्मिङ, अल्का यादव मस्ट इनोसेन्ट, रीना राय मस्ट आइकोनिक, विभा यादव बेस्ट स्माइल, विन्दु शाह मस्ट फोटोजेनिक, अस्मिता ठाकुर मस्ट कन्फिडेन्ट, सिर्जना खाँण बेस्ट फिगर र सिर्जना यादवले बेस्ट वाक उपउपाधि पाए।

प्रतियोगिता मोडल दीपक घिमिरे, एभरेस्ट फिल्म एकेडेमीका संस्थापक विशाल श्रेष्ठ, फेसन डिजाइनर सुकनीता चौलागाईं र जुम्बा इन्सट्रक्टर प्रतिमा श्रेष्ठ निर्णायक रहेका थिए।

आयोजक संस्था क्रिजोना मिडिया ग्रुप प्रालिद्वारा प्रवन्ध निर्देशक तथा कोरियोग्राफी लभिन अन्सारीले विवाहित महिलाहरूलाई चार घेराभित्रबाट बाहिर निस्केर स्वाबलम्बी बन्न प्रोत्साहित गर्ने तथा उनीहरुमा अन्तर्निहित प्रतिभाको उजागर गरी बाहिर ल्याउने उद्येश्यले द मिसेस नेशनलको आयोजना गरिएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .