ad ad

कारोबार


नेपालसँगै भारतमा पनि ‘आदिपुरुष’को चर्को विरोध

नेपालसँगै भारतमा पनि ‘आदिपुरुष’को चर्को विरोध

फाइल तस्बिर


नेपालखबर
असार ४, २०८० सोमबार ११:४८, काठमाडौँ

प्रभास र कृति सेनन स्टारर फिल्म ‘आदिपुरुष’ लाई लिएर विवाद जारी छ। 

नेपालमा प्रतिबन्ध खेपिरहेको यो फिल्मले भारतमै पनि चर्को विरोधको सामना गरिरहेको छ।

मुम्बईको नालासोपारामा हिन्दू संगठनका कार्यकर्ताहरुले आइतबार राति फिल्मको शो नै बन्द गरिदिए। 

हिन्दू संगठनका कार्यकर्ताले हलमै पुगेर नाराबाजी गर्दै दर्शकहरुलाई त्यहाँबाट निकाले। कार्यकर्ता र थिएटर म्यानेजरबीच त्यहाँ भनाभन भयो। त्यसपछि उक्त शो नै रद्द गरियो।

यता नेपालको काठमाडौं महानगरपालिकाले पनि ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको छ। फिल्ममा सीतालाई भारतीय छोरी भनिएपछि नेपाली सेन्सर बोर्डले पनि आपत्ति जनाएको छ। 

नेपाली पक्षले सीताको जन्म भारतमा नभएर नेपालको जनकपुरमा भएको जनाएको छ। विवाद बढेपछि काठमाडौंका मेयर बालेन्द्र शाहले आइतबारदेखि नै यो फिल्ममाथि प्रतिबन्ध लगाइदिएका छन्। 

यता विवादपछि यो फिल्म निर्माताले विवादित संवाद फेर्ने निर्णय लिएको छ। फिल्मका लेखक मनोज मुन्तशिरले आइतबार ट्विट गर्दै आफ्नो सफाइ दिएका छन्। उनले फिल्मबाट विवादित संवाद यसै हप्ता हटाइने बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .