नेपाली फिल्म ‘गणपती’ले नयाँ रिलिज डेट सार्वजनिक गरेको छ। गत जेठ ५ गतेनै रिलिज हुने भनिएको यो फिल्म पहिलो सार्वजनिक मितिमा रिलिज हुन सकेन्। त्यसपछि फिल्मको जिम्मा निर्माता रामप्रसाद रिजालले लिए।
रामप्रसाद फिल्म ‘डिसेम्बर फल्स’ बनाएर डुबेका निर्माता हुन्। उनै निर्माता रिजालले फिल्मको अधिकार लिएर नयाँ रिलिज मिति सार्वजनिक गरेका हुन्। अब यो फिल्म आगामी भदौ १४ गतेबाट रिलिज हुने छ।
फिल्ममा मुकुन भुषालले शीर्ष स्थानमा रहेर अभिनय गरेका छन्। भगवान् र मानिसबीच रहेको फरक देखाउन खोज्ने यो फिल्मको टिजर सार्वजनिक भइसकेको छ। फिल्ममा मुकुनका साथमा मेनुका प्रधान, जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ लगायतका कलाकारले अभिनय गरेका छन्।
सविन अधिकारीको लेखन तथा निर्देशन बन्ने फिल्मको निर्माण लक्ष्मण रिजालले गरेका हुन्। यसका कार्यकारी निर्माता विज्ञान केसी र अरविन्द्र गिरी हुन्।
हरिबहादुर घलेको छायांकन गरेको गणपतिमा अनिश अधिकारीको शब्द तथा संगीत रहेको छ ।
Shares
प्रतिक्रिया