निर्देशक दिनेश राउतले गायक स्वप्न सुमनलाई लिएर फिल्म निर्माण घोषणा गरेका थिए। तर फिल्म छायांकनमा जानु पर्ने बेलामा नबन्ने भयो भन्ने हल्ला फिल्म उद्योगमा चल्यो।
निर्देशक राउतले हल्लामा सत्यता नभएको बताएका छन्।
फिल्म बन्दैन भन्नु अफवाह भएको बताउँदै उनले छायांकनको समय सारिएको बताए।
फिल्ममा सिन्दुर जात्राको दृष्य चाहिने भएकाले छायांकन सारिएको उनको भनाइ छ।
‘हामीले सिन्दुर जात्राको भव्य दृश्य खिच्नुपर्ने छ। अब, यसलाई सिन्दुर जात्रा नै हुने समयमा खिच्ने तयारी गरेका छौँ,' उनले भने, 'तत्कालका लागि फिल्मको छायांकन सर्नुको कारण यही हो।’
फिल्ममा गायक स्वप्न सुमनको अपोजिटमा गायिका दीक्षिता कार्की देखिनेछिन्।
6
Shares
प्रतिक्रिया