ad ad

कला


८३ वर्षको उमेरमा पिता बन्दै अल पचिनो, ८ महिनाकी गर्भवती छिन् ५४ वर्ष कान्छी प्रेमिका

८३ वर्षको उमेरमा पिता बन्दै अल पचिनो, ८ महिनाकी गर्भवती छिन् ५४ वर्ष कान्छी प्रेमिका

नेपालखबर
जेठ १८, २०८० बिहिबार १३:८, काठमाडौँ

हलिउडका दिग्गज अभिनेता अल पचिनो ८३ वर्षको उमेरमा बुवा बन्न लागेका छन्।

उनीभन्दा ५४ वर्ष कान्छी उनकी प्रेमिका नूर अल्फल्लाह ८ महिनाकी गर्भवती छिन्। गडफादर, द आइरिस म्यान, सेन्ट अफ वुमेन, स्कारफेस, सर्पिको र द डेभिल्स एड्भोकेट जस्ता चर्चित फिल्ममा काम गरेका अभिनेता अल पचिनो यसअघि नै तीन सन्तानका पिता भइसकेका छन्।

गडफादमा उनलाई सहअभिनेताका रूपमा साथ दिएका र रोबर्ट डी निरो पनि ७९ वर्षको उमेरमा पिता बनेका थिए।

रिपोर्टका अनुसार अल पचिनो अप्रिल २०२२ देखि आफ्नी प्रेमिका नूर अलफल्लाहसँग डेट गरिरहेका छन्। पचिनोकी जेठी छोरीको नाम जुली मेरी हो। उनको उमेर ३३ वर्ष भयो। यसबाहेक उनका दुई जुम्ल्याहा छोरा एन्टोन र ओलिभिया पनि छन्। दुवैको उमेर २२ वर्ष भयो।

अल पचिनोकी प्रेमिका नूर अल्फाल्लाहले पहिले व्यापारी निकोलस बग्रेन र गायक मिक जागरलाई डेट गरेकी थिइन्।

उनले अहिलेसम्म डेट गरेका सबै पुरुष ६० वर्षभन्दा माथिका छन्। ७४ वर्षीय मिक जागरसँग डेट गर्दा उनी २२ वर्षकी थिइन्। 

अल पचिनो फिल्म द गडफादर सिरिजबाट विश्वभर चर्चित भएपनि उनले यसबाहेक धेरै ठूला चलचित्रमा पनि काम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .