कञ्चनपुरको भीमदत्त नगरपालिका–४ गोबरियामा गरगहनासहित नगद चोरी भएको छ। खगेश्वरी प्वालीको परिवारका सदस्यलाई नशालु पदार्थ खुवाएर चोरी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार कोठाभाडामा बस्ने दुईजना भारतीयले नशालु पदार्थ खुवाएर बुधबार राति चोरी गरेका हुन्।
‘दुई दिनअघि कोठा भाडामा लिएर बसेका रहेछन्, भारत घरमा छोरा भएको भन्दै खुसियालीमा घरबेटीसहित सबैलाई लड्डु र पेयपदार्थ खुवाएछन्,’ डीएसपी प्रकाश डाँगीले भने।
उनका अनुसार पेयपदार्थ सेवनपछि खगेश्वरीसहित परिवारका ८ जना बेहोस भएका थिए। उनीहरु अहिले महाकाली प्रादेशिक अस्पतालमा उपचाररत छन्।
१० आनाको तिलहरीसहित नगद चोरी भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्नको खोजी भइरहेको छ।
जेठ १८, २०८०, बिहीबार
234
Shares
प्रतिक्रिया