लोकगायिका मिना लामाको फिल्म ‘चौबन्दी’को च्यारिटी शो सम्पन्न भएको छ। फिल्मको च्यारिटी शो काठमाडौंको बिजी मलस्थित बीएसआर मुभिजमा भएको हो।
‘चौबन्दी’को च्यारिटीमा पूर्वमन्त्री दिलमान पाख्रिन प्रमुख आतिथिका रुपमा पुगेका थिए। फिल्मको कथा मिना लामा आफैंले लेखेकी हुन्। नायिका समेत रहेकी मिनाले यो फिल्ममा आफैं लगानी समेत गरेकी छिन्।
फिल्म निरेश श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा स्वर्गीय कलाकार जयनन्द लामा, रश्मी भट्ट, मिना लामा, दिपाशा बिसी, रितु तामाङ, लगायतका कलाकारले अभिनय गरेका छन्।
रोयल मुभिज प्रालिको ब्यानरमा निर्माण भएको ‘चौबन्दी’ले सामाजिक कथा बस्तुलाई उठाएको छ।
च्यारिटी शो सम्पन्न भएपनि नेपाली सिनेमा घरमा तत्काल प्रदर्शन गर्ने सोच नरहेको मिनाले बताएकी छिन्। उनले विदेशमा भने फिल्मको च्यारिटी गर्ने तयारीमा रहेको बताएकी छिन्।
Shares

प्रतिक्रिया