नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली २०८०, स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।
बोर्डले आइतबार जेठ ७ गते नियमावली स्वीकृतिका लागि मन्त्रालय पठाएको जनाएको छ।
अर्थ मन्त्रालयबाट नियमावली स्वीकृति पश्चात साना तथा मझौला संगठित संस्थाले धितोपत्र निष्कासन गर्न पाउनेछन्।
बोर्डले यसअघि नै साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली सञ्चालको लागि मस्यौदा तयार पारेको थियो।
24
Shares

प्रतिक्रिया