ad ad

कला


‘जारी’पछि रित्ता सिनेमा घर, संकटग्रस्त बक्स अफिस

‘जारी’पछि रित्ता सिनेमा घर, संकटग्रस्त बक्स अफिस

नेपालखबर
जेठ ७, २०८० आइतबार १४:४४, काठमाडौँ

२०८० सालको सुरुवात नेपाली फिल्म उद्योगका लागि निकै उर्बर देखियो। वैशाख १ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जारी’ले बक्स अफिसमा धमाका गर्यो। फिल्म रिलिज भएको १ महिना बितिसक्दा पनि समीक्षा आउने क्रम जारी छ।

तर जारीपछि हलमा लागेका कुनै पनि नेपाली फिल्मले दर्शक तान्न सकेका छैनन्। विदेशी फिल्म ‘गार्जियन अफ द ग्यालेक्सी’ र ‘फास्ट एक्स’ले थोरै दर्शक आकर्षित गरेपनि नेपाली फिल्मका शो मा खडेरी देखियो।

‘जारी’पछि रिलिज भएका ७ वटा फिल्मले त लगानी समेत उठाउन सकेनन्। चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार ‘प्रसाद २’ ७० लाख ६१ हजार नेक कलेक्सन गरेको ।

जब की यो फिल्मले बक्स अफिस हरियाली बनाउने अपेक्षा गरिउको थियो। अर्को फिल्म  ‘ज्याकी, आईएम ट्वान्टी वान’ले  ४३ लाख ७८ हजार रुपैयाँ कमाई गर्यो। इो फिल्म पनि बक्स अफिसमा आशा गरिएको फिल्म हो।

समिक्षात्मक हिसावमा निक्कै राम्रो फिल्म ‘हल्कारा’ले २ लाख २३ हजार भन्दा कलेक्सन गर्न सकेन। ‘जारी’सँगै प्रदर्शनमा आएको ‘बिहेपास’ले ७० लाख हाराहारी कमाई गर्यो।

फिल्म उद्योगमा प्रतिक्षित भनिएको फिल्म ‘नाइँ नभन्नु ल ६’ २१ लखमा सिमित भयो। बक्स अफिसमा ‘जारी’ पछिको कलेक्सन कसैको पनि सुखद नरहेको नेपाल चलचित्र बोर्डका बक्स अफिस विभाग संयोजक रवि अधिकारीले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .