ad ad

कला


‘सानीमाया’ को शुभमुहूर्त

‘सानीमाया’ को शुभमुहूर्त

नेपालखबर
बैशाख २१, २०८० बिहिबार १३:५७, काठमाडौँ

८८४८ इन्टरटेनमेन्ट प्रालिको प्रस्तुति तथा धिमाल फिल्मस्‌को निर्माणमा बन्न लागेको नेपाली चलचित्र 'सानीमाया'को शुभमुहूर्त सम्पन्न भएको छ।

नेपाल चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले चलचित्रको शुभमुहूर्त गरेका हुन्। शुभमुहूर्त कार्यक्रममा बोल्दै राईले चलचित्र बनाउनु ठुलो कुरा नभएको तर राम्रो चलचित्र बनाउनु चुनौतीपूर्ण रहेको बताए। नेपाली चलचित्रको  अवस्था  नाजुक बन्दै गएको अवस्थामा सानीमाया फिल्मले चलचित्र क्षेत्रमा एक इट्टा थप्ने उनले बताए।

कार्यक्रममा बोल्दै फिल्मका लेखक एवम् निर्देशक देव धिमालले फिल्मले नयाँ कलाकारले सशक्त अभिनय गर्न सक्छन् भन्ने देखाउने बताए।

'नयाँ कलाकारबाटै पुरानो हुने हो ,यसकारण पुराना र नयाँ कलाकारको संयोजनबाट यो चलचित्र सफल हुने विश्वस्त छु,' उनले भने।

राज चौधरी  निर्माता रहेको चलचित्रमा   रामचन्द्र अधिकारी, शारदा गिरी, सावित्रा चिलवाल, राजकुमार शाह, अर्जुन थापा, स्वेच्छा ढकाल, प्रियंका श्रेष्ठ, अभिषेक फुयाल र कृष्णप्रसाद धिताललगायत कलाकारको अभिनय रहेको छ।  

फिल्म जेठ दोस्रो सातादेखि शुटिङमा जाने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .