ad ad

कला


पब्जी लाइभमा पोखिए सलिनमान : २ फिल्ममा चित्त बुझाउन दर्शकलाई आग्रह

पब्जी लाइभमा पोखिए सलिनमान : २ फिल्ममा चित्त बुझाउन दर्शकलाई आग्रह

अभिनेता सलिनमान बानियाँ


नेपालखबर
बैशाख ६, २०८० बुधबार ११:१०, काठमाडौँ

अभिनेता सलिनमान बानियाँलाई फिल्म उद्योगको उदाउँदो स्टारका रुपमा हेरिएको थियो। फिल्म ‘ए मेरो हजुर २’ रिलिजताका उनको चर्चा शिखरमा थियो। यो फिल्म बक्स अफिसमा हिट भयो। उनलाई नयाँ स्टारका रुपमा विश्लेषण गरियो। 

फिल्म ‘यात्रा’ रिलिजताका पनि उनको चर्चा उस्तै थियो। तर, फिल्मले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सकेन। त्यसपछि निराश भएका सलिनमानले अर्को फिल्ममा काम गरेका छैनन्। फिल्मबाट फुर्सदिला उनी अनलाइन भिडिओ गेम पब्जीमा व्यस्त देखिन्छन्।

अभिनेता सलिनमान बानियाँ

सलिनमानका फ्यानले भने उनको नयाँ फिल्मको प्रतीक्षा गरेकै छन्। उनले भने नयाँ फिल्म काम गर्ने सम्झौतासमेत गरेका छैनन्। पब्जी खेल्ने क्रममा पनि उनका फ्यान उनलाई नयाँ फिल्मबारे सोधिरहेका हुन्छन्। उनले फ्यानसँग गुनासो गर्दै भन्ने गरेका छन्, ‘राम्रो कथा भएको फिल्मबाट अफर नै आएन।’

उनले आफ्ना फ्यानसँग नेपाली फिल्मको कथा भन्ने शैली पुरानै भएको र काम गर्ने रहर मरेको पनि बताएका छन्। आफ्नो नयाँ फिल्म कहिले आउने आफैँलाई थाहा नभएको भन्दै सलिनमानले फ्यानलाई आफ्ना २ फिल्ममै चित्त बुझाउन आग्रह गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .