कला


आर्थिक लेनदेन विवादका कारण ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन रोकियो

आर्थिक लेनदेन विवादका कारण ‘नाइँ नभन्नु ल ६’को प्रदर्शन रोकियो

नेपालखबर
चैत २८, २०७९ मंगलबार १४:४९, काठमाडौँ

चलचित्र ‘नाइँ नभन्नु ल ६’ निर्धारित मितिमा प्रदर्शन नहुने भएको छ। 

आगामी वैशाख १ गतेका लागि प्रदर्शन मिति तोकिए पनि आर्थिक लेनदेन विवादका कारण चलचित्र प्रदर्शनी रोकिएको हो।

निर्माता सञ्जय न्यौपानेविरुद्ध अर्का निर्माता शर्मिला पाण्डेले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि निर्धारित मितिमा हुने भनिएको चलचित्र प्रदर्शनी रोकिएको चलचित्रका निर्देशक विकासराज आचार्यले जानकारी दिए। ‘तोकिएको मितिमा चलचित्र प्रदर्शन गर्न हुन सकेन, अब नयाँ मिति तय भएपछि चलचित्र प्रदर्शन गर्छौं’, निर्देशक आचार्यले भने।

विवाद समाधानका लागि दुवै निर्मातालाई छलफलका लागि बोलाइएको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए। ‘हामीले चलचित्र जाँचपासका लागि सिफारिस रोकेका होइनौँ। लेनदेनमा देखिएको समस्या समधान गर्न आग्रह गरेका हौँ’, उनले भने।

यसअघि गत साता चलचित्र ‘प्रसाद २’ को प्रदर्शनी पनि आर्थिक लेनदेनकै विवादका कारण तोकिएको मितिमा हुन सकेको थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad