अभिनेत्री सुरक्षा पन्तले करिब ७ वर्षको प्रेम सम्बन्धपछि गत फागुनमा विवाह गरिन्। विवाहलगत्तै काममा फर्किएकी सुरक्षाको अहिले उद्योगमा प्रशंसा भइरहेको छ।
पछिल्लो समय कलाकारले फिल्म प्रमोसनमा कलाकारले साथ नदिएको भन्दै निर्माताहरुको गुनासो गरिरहेका बेला सुरक्षा भने यस मामलामा गम्भीर देखिएकी छन्। उनले विवाहपछिको हनुमुन पिरियड नै छाडेर फिल्म प्रमोसनमा सहभागी भएकी छन्। उनी फिल्म ‘बहाव’का निर्माता/निर्देशकसँगै फिलमको प्रमोसनमा व्यस्त छिन्।
हालै प्रेमी मानव सुवेदीलाई श्रीमान् बनाएकी सुरक्षाको यो हनिमुन पिरियड हो। फिल्म ‘बहाव’ ट्रेलरको एक संवादमा सुरक्षाले भनेकी छन्, ‘जीवनको नयाँ सुरुवातमा केही हलचल त भइहाल्छ नि!’
विवाह गरेर वास्तविक जीवनको नयाँ सुरुवात गरेकी सुरक्षाको वास्तविक जीवन भने उस्तै शान्त देखिएको छ। नयाँ जीवनको सबै हलचल थाँती राखेर सुरक्षा ‘बहाव’ प्रमोसनमा व्यस्त भएकी हुन्।
यो फिल्ममा सुरक्षाका साथमा कमलमणि नेपाल, अफरान अलि, सूर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवनश्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्। श्रीधर पौडेलले निर्माण गरेको फिल्म यही चैत २४ गतेदेखि अल नेपाल रिलिज हुँदै छ।
प्रतिक्रिया