बलिउडमा यस्ता धेरै स्टार छन्, जसले आफ्नो अभिनयको बलमा इन्डस्ट्रिजमा आफ्नो पहिचान बनाएका छन्। तर, फिल्म उद्योगमा आफ्नो करियरको पहिलो फिल्ममा यी बलिउड सुपरस्टारहरू फ्लप भएका थिए। डेब्यु फिल्म फ्लप भएका यी बलिउड स्टारबारे जानौँ–
सलमान खान
सलमान खान बलिउडका चर्चित अभिनेता हुन्। आज उद्योगमा उनको नामै काफी छ। उनको हरेक फिल्मले बक्स अफिसमा सय करोडभन्दा बढीको व्यापार गर्छ। यद्यपि उनी आफ्नो डेब्यु फिल्ममा फ्लप भएका थिए। उनले अभिनय गरेको पहिलो फिल्म ‘बीवी हो तो ऐसी बाट’ थियो। जुन फ्लप भयो। उक्त फिल्ममा उनीसँगै रेखा पनि थिइन्। फिल्ममा रेखाले मुख्य भूमिका निर्वाह गरेकी थिइन्। फिल्मले बक्स अफिसमा खासै कमाई गर्न सकेन।
अक्षय कुमार
अमिताभ बच्चन
बलिउडका महानायकर भनेर चिनिने अमिताभ बच्चन आज उद्योगका उत्कृष्ट अभिनेतामध्ये एक हुन्। उनी लामो समयदेखि चलचित्र क्षेत्रमा आबद्ध छन्। उनले बलिउडमा धेरै सुपरहिट फिल्म दिएका छन्। अमिताभ ८० वर्षका भइसके, तर उनी अझै पनि फिल्म निर्माण गरिरहेका छन्। तर बलिउडमा उनको पहिलो फिल्म सात हिन्दुस्तानी बक्स अफिसमा फ्लप भएको थियो।
रणवीर कपुर
बलिउडका चर्चित ह्यान्डसम अभिनेता रणवीर कपुर उद्योगका ठूला अभिनेतामध्येका एक हुन्। हालै उनको फिल्म ‘तू झुठी मै मक्कर’ रिलिज भएको छ, जसले दर्शकलाई निकै आकर्षित गरेको छ। फिल्मले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको छ, योसहित अभिनेताले आफ्नो फिल्मी करियरमा अहिलेसम्म धेरै उत्कृष्ट फिल्म गरेका छन्। तर, उनको डेब्यू फिल्म सावरिया नराम्ररी फ्लप भएको थियो। यस फिल्ममा उनीसँगै सोनम कपुर र रानी मुखर्जी पनि देखिएका थिए। फिल्मलाई सञ्जय लीला भन्सालीले निर्देशन गरेका थिए। अमर उजालाबाट
प्रतिक्रिया