ad ad

समाज


कस्तो छ मुम्बईमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था?

कस्तो छ मुम्बईमा उपचाररत कांग्रेस सांसद भण्डारीको स्वास्थ्य अवस्था?

नेपालखबर
फागुन २२, २०७९ सोमबार ९:४९, काठमाडौँ

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गएको छ।

खाना पकाउने ग्यास लिक भएपछि भएको आगलागीबाट घाइते भएका डा. भण्डारीको स्वास्थ्य सामान्य हुँदै गएको पारिवारिक स्रोतले बताएको छ। चिकित्सकहरूका अुनसार भण्डारीको सबै पारामिटर सामान्य छन्। 

भण्डारीको उपचारमा सहयोग गर्नका लागि उनका दाइ मिन प्रसाद भण्डारी मुम्बईमा छन्। उनले उपलब्ध गराएको जानकारी अनुसार डा. भण्डारीलाई ज्वरो आएको छैन र आज ड्रेसिङ गरिनेछ।

अस्पताल प्रशासन र डाक्टरहरुले भेटघाटमा कडाईका साथ प्रतिवन्द्ध लगाएको उनले बताएका छन्। 

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक भएको थियो। ग्यास लिक भएपछि भएको आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए।

हरिकलाको भने उपचारका क्रममा फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो। सोही दिन सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो।

बुद्धनगरस्थित सांसद भण्डारीकाे निवास।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .