ad ad

कला


‘छक्कापञ्जा–४’ लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी

‘छक्कापञ्जा–४’ लिक गर्नेविरुद्ध साइबर ब्युरोमा उजुरी

फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरी


नेपालखबर
फागुन २२, २०७९ सोमबार ९:२४, काठमाडौँ

गत शुक्रबारदेखि प्रदर्शन भइरहेको फिल्म ‘छक्कापञ्जा ४’ले राम्रो दर्शक तानिरहेको छ। बक्स अफिसमा राम्रो कलेक्सन गरिरहेको फिल्मका भिडिओ क्लिप्स भने टिकटकमा लिक भइरहेका छन्। टिकटकमा फिल्मका महत्त्वपूर्ण क्लिप्स लिक भएपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ।

ओएसआरले फिल्मका लिक भएका क्लिप्स हटाउन माग गर्दै भिडिओ राख्नेको पहिचान गरिदिन पनि माग गरेका छ। आफूले महँगो मूल्यमा किनेको फिल्म भएकाले जसरी पनि पाइरेसी रोक्नुपर्ने ओएसआरका प्रमुख ओम अग्रवालले बताएका छन्। त्यसैका लागि निवेदन दिएको उनले बताए। फिल्मका महत्त्वपूर्ण क्लिप्स बाहिरिँदा फिल्मको व्यापारमा असर पर्ने भएकाले साइबर ब्युरो गुहारिएको उनको भनाइ छ।

फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले पनि फिल्मको पाइरेसी रोक्न चलचित्र संघसँग छलफल गरिरहेको बताएका छन्। यसरी फिल्म लिक हुँदा आफूलाई मात्रै नभएर समग्र फिल्म उद्योगलाई नै असर गर्ने उनको भनाइ छ। टिकटक तथा युट्युबमा  फिल्मका एकदेखि १५ मिनेटसम्मका भिडिओ क्लिप्स सार्वजनिक भइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .