कला


वैशाख १ : बक्स अफिसमा हेभिवेट भिडन्त

वैशाख १ : बक्स अफिसमा हेभिवेट भिडन्त

नेपालखबर
फागुन १७, २०७९ बुधबार ११:१, काठमाडौँ

आगामी वैशाख १ गते नेपाली बक्स अफिसमा हेभिवेट भिडन्त हुने भएको छ। यो मितिमा उद्योगमा आशा गरिएका फिल्मबीच प्रदर्शनको प्रतिस्पर्धा हुने भएको हो। 

हिट फिल्म ‘नाइँ नभन्नु ल’को सिरिजले वैशाख १ लाई प्रदर्शन मिति तय गरेको छ। विकासराज आचार्यले निर्देशन गरेको ‘नाइँ नभन्नु ल ६’को पोस्टर सार्वजनिक गर्दै वैशाख १ लाई रिलिज मिति तोकेपछि यो मितिमा त्रिपक्षीय भिडन्त हुने पक्का भएको हो। 

विकासराज आचार्यले यो मिति लक गर्नुअघि नै ‘जारी’, ‘बुलाकी’, ‘प्रसाद–२’ र ‘बिहे पास’ले प्रदर्शन मिति तोकिसकेका छन्। ‘बिहे पास’ र ‘जारी’को खासै चर्चा नभए पनि ‘बुलाकी’ र ‘प्रसाद २’ उद्योगमा आशा गरिएका फिल्म हुन्। आशा गरिएका फिल्म एकैदिन रिलिज हुँदा उद्योगलाई नै असर पर्ने  देखिएको छ। 

‘नाइँ नभन्नु ल ६’को पोस्टर सार्वजजिक गर्दै विकासराज आचार्यले भने, ‘हामी १ गते आउने निधो भएको छ। हामी स्वस्थ प्रतिस्पर्धा गर्न चाहन्छौँ। आफूले पहिले नै प्रदर्शन मिति घोषणा गरेकाले पछि हट्दैनौँ।’

फिल्ममा सामीप्यराज तिमिल्सिना र अरुणदेव जोशीले विकासराज आचार्यसँग पटकथा लेखनमा सहकार्य गरेका छन्। फिल्ममा आँचल शर्मा, आशीर्वाद क्षेत्री, प्रियंका कार्की र केकी अधिकारीले अभिनय गरेका छन्।

आख्यान फिल्म्स्‌को ब्यानरमा निर्माण भएको यो फिल्ममा  विकासराज आचार्य र विष्णुमणि दाहालले लगानी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad