ad ad

कला


‘सम्मान मिस लिम्बू’को अडिसन फागुन ७ गते

‘सम्मान मिस लिम्बू’को अडिसन फागुन ७ गते

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १९:३३, काठमाडौँ

‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन फागुन ७ गते, काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा हुने भएको छ।

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने मूल नारासहित हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि धरानमा अडिसन भइसकेको छ। दश प्रतियोगीहरु उक्त सुन्दरी प्रतियोगिताको लागि छनोट भइसकेका आयोजकले जनाएको छ।

सो प्रतियोगितामा विभिन्न स्थानबाट ३० जना युवतीलाई फाइनलका लागि छनोट गरिने छ। 

उक्त प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उत्तिर्ण भएका, १७ देखि २६ वर्ष पुगेका लिम्बू समुदायका अविवाहित महिला हुनुपर्ने छ।

‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्व मिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छिन्। 

साथै, प्रतियोगीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ्, डिबी आङबुङ्लगायतले व्यक्तित्व विकासबारे ट्रेनिङ दिनेछन्। 

उक्त सुन्दरी प्रतियोगिताको विजेताले नगद ५० हजारसहित स्कुटर पाउनेछिन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ।
यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ। 

साथै विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ। 

प्रतियोगिताको ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .