कला


भूकम्पपछि अभिनेता सज्जादको परिवार सम्पर्कविहीन, भन्छन्- सुरक्षित छ कि छैन, थाहा छैन

भूकम्पपछि अभिनेता सज्जादको परिवार सम्पर्कविहीन, भन्छन्- सुरक्षित छ कि छैन, थाहा छैन

फाइल तस्बिर : अभिनेता फ्रेडी सज्जाद डेलाफ्रोज


नेपालखबर
माघ २७, २०७९ शुक्रबार १२:११, काठमाडौँ

इरानी मूलका अभिनेता फ्रेडी सज्जाद डेलाफ्रोजको निद्रा हराएको छ। इरान र टर्कीमा गएको भूकम्पको विनाशकारी खबरका कारण उनी निकै चिन्तामा छन्। भूकम्पको खबरपछि उनका आँखाबाट आँसु रोकिएकाे छैन।

उनलाई आफ्नो परिवारको चिन्ता छ। उनले आफ्नो परिवारसँग सम्पर्क गर्न सकेका छैनन्।  सज्जादले भनेका छन्, ‘परिवारका सदस्यसँग कुरा हुन सकेको छैन। म निकै दुःखमा छु।’ सज्जादले सलमान खानको फिल्म ‘टाइगर जिन्दा है’मा काम गरेका थिए। फिल्ममा उनी भिलेनको भूमिकामा थिए। 

हिन्दुस्तान टाइम्ससँग कुरा गर्दै उनले आफू परिवारका सदस्यबारे चिन्तामा रहेको बताएका छन्। उनले भनेका छन्, ‘मैले टर्की र इरानका साथीहरुसँग कुरा गरेको छु। उनीहरुले मेरो परिवार सकुशल रहेको आश्वासन दिइरहेका छन्। तर लगातार सम्पर्क गर्न खोज्दा पनि परिवारसँग कुरा हुन सकेको छैन। मलाई मेरो परिवार सुरक्षित छन कि छैन भन्ने कुराले चिन्तित बनाएको छ।’

उनले मिडियाले टर्कीको मात्रै अवस्थाबारे जानकारी गराएको भन्दै मन दुखाएका छन्। भनेका छन्, ‘इरान र सिरियामा पनि भूकम्पले क्षति गरेको छ।’

सज्जाद गत वर्ष अक्टोबरमा आफ्नो परिवारलाई भेट्न इरान गएका थिए। उनको परिवार इरानको राजधानी तेहरानमा बस्छ। यो समय परिवारसँग हुन नसकेको र जान नसकेकोआ उनले आफूलाई  असाध्यै असहाय महसुस गरिरहेको बताएका छन्। भन्छन्, ‘हरेक दिन जब म मान्छे मरेको देख्छु, यसले मलाई भित्रै टुक्र्याउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .