इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि कीर्तिमानी मूल्यमा अघिल्लो महिना साउदी अरेबिया आएका क्रिस्टियानो रोनाल्डोले लय समात्न थालेका छन्।
सुरुवाती खेलमा गोल गर्न नसकेर आलोचना खेपेका उनले बिहीबार राति भएको साउदी प्रो लिगको एकै खेलमा ह्याट्रिकसहित चार गोल गर्न सफल भए।
रोनाल्डोकै चार गोल मद्दतमा उनकी आवद्ध क्लब अल नासर साउदी प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ।
रोनाल्डोले चार गोल गरेपछि अल नासरले अल वेह्दालाई ४–० गोलले हरा पराजित गर्न सफल भयो।
रोनाल्डोले खेलको २१ औँ, ४० औँ, ५३ औँ र ६१ औँ मिनेटमा गोल गरे। रोनाल्डोको प्रभावशाली प्रदर्शनबाट विजयी बनेको अल नासर १६ खेल खेल्दै ३७ अंक जोडेर प्रो लिगको शीर्ष स्थानमा उक्लिएको छ।
135
Shares
प्रतिक्रिया