अभिनेता सरोज खनाल लगायतका कलाकारले अभिनय गरेको सिरिज ‘लाल बहादुर द स्पार्क’को ट्रेलर सार्वजनिक भएको छ।
सिरिजको सार्वजनिक ट्रेलरमा २०७२ सालको विनाशकारी भूकम्पपछि पानीको मुहान सुकेको गाउँमा पानी ल्याउन गरेको संघर्षलाई देखाउन खोजिएको छ।
देवजंग थापाको लेखन तथा निर्देशन रहेको सिरिजमा सरोज खनालसँगै सुनिल थापा, खड्गबहादुर पुन (खबपु), सरिता राजोपाध्याय, लक्ष्मीनाथ तिमिल्सिना, गीता थापा पराजुली, रामबाबु रेग्मी, अनिता गिरी, जेनिस अधिकारी, रविन विष्ट, विश्व मुखिया लगायतका कलाकारले अभिनय गरेका छन्।
चार सिजन गरी जम्मा ५२ एपिसोडको रहने र पहिलो सिजन १३ एपिसोडको रहेको निर्देशक थापाले जानकारी दिएका छन्।
जी मिडिया कनेक्सन प्रालीको ब्यानरमा निर्माण भएको सिरिजमा प्रकाश आङ्बुहाङ (हाङबारे)को लगानी रहेको छ।
यो सिरिज फागुन पहिलो साताबाट सातको एक दिन प्रसारण हुने छ। तर टेलिभिजन र समय भने तोक्न बाँकी रहेको निर्देशकले बताए।
Shares
प्रतिक्रिया