ad ad

समाज


नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपाली सेनाका एक उपरथीसहित १४ अधिकृतको बढुवा

नेपालखबर
माघ २६, २०७९ बिहिबार १४:९, काठमाडौँ

नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्ट उपरथीमा बढुवा भएका छन्। मन्त्रिपरिषद्को माघ २३ गते बसेको बैठकले भट्टलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो।

बढुवा भएका भट्टलाई बिहीबार जंगी अड्डामा प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्। बढुवा भएसँगै भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ।

यस्तै, ५ जनालाई सहायक रथीमा र ८ जनालाई महासेनानीमा बढुवा गर्ने पनि निर्णय भएको छ।

सहायक रथीमा बढुवा हुनेमा महासेनानीहरु मनोज थापा, पूर्णबहादुर खत्री, रोशन शमशेर जबरा, जगतबहादुर पौडेल र प्रकाश थापा रहेका छन्। उनीहरुलाई महासेनानीबाट सहायक रथीमा बढुवा गर्ने निर्णय भएको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। 

अरु ८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। प्रमुख सेनानीहरु दिगविजय शाह, विष्णु थापा, राजन बुढाथोकी, प्रविणराज घिमिरे, सुरज वैदवार, डम्बरबहादुर बोहरा, झविन्द्र बहादुर रेशमी मगर र सौजन्य शमशेर जबरा महासेनानीमा बढुवा भएका हुन्। 

उपरथी भट्ट, एक सहायक रथी र ४ महासेनानीलाई आजै प्रधानसेनापति शर्माले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .