ad ad

कला


कस्तो होला रजनीकान्त र कमल हसन भिडन्त?

कस्तो होला रजनीकान्त र कमल हसन भिडन्त?

नेपालखबर
माघ २२, २०७९ आइतबार ७:५२, काठमाडौँ

रजनीकान्त र कमल हसनको बक्स अफिस भिडन्त हुने भएको छ। रजनीकान्तको ‘जेलर’ र कमल हसनको ‘इन्डियन २’ एक साथ प्रदर्शन हुने भएपछि यी दुईको बक्स अफिस भिडन्त पक्का भएको हो। यी दुवै प्रतिक्षित फिल्म हुन्।

तमिल मेगास्टार रजनीकान्त र कमल हसनका यी दुई फिल्म आगामी नोभेम्बर १० मा रिलिज हुँदै छन्। योसँगै रजनीकान्त र कमल १८ वर्षपछिको बक्स अफिस भिडन्त हुने भएको हो। यसअघि सन् २००५मा ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ एक साथ प्रदर्शन भएपछि बक्स अफिसमा यो संयोग जुरेको थिएन। फिल्म ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलले अभिनय गरेका थिए।

कमलको ‘इन्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म थियो। यो फिल्म सन् १९९६ को हिट फिल्म ‘इन्डियन’को सिक्वेल हो। फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिका निर्वाह गरेका छन्। ‘इन्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिंहाले शीर्ष भूमिकामा अभिनय गरेका छन्। 

नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो। फिल्ममा फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुले अभिनय गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .