ad ad

कारोबार


प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

नेपालखबर
माघ २२, २०७९ आइतबार ८:१७, काठमाडौँ

नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ।

काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा ९५ वर्षीय जबराको आज बिहान निधन भएको हो। 

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए।

राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उनको उमेर २९ वर्ष मात्र थियो।

जबराले सन् १९६२ देखि १९८६ सम्म उनले संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।

त्यसपछि व्यवसायमा लागेका उनैले हिमालयन बैंकदेखि हिमालयन डिस्टिलरीसम्म स्थापना गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .